newskoseli.Com

उच्च माविलाई रु. ६ लाख

पृथ्वी उच्च माध्यमिक विद्यालय बडागाँउ–६ गुल्मीमा सञ्चालन भएको ज्ञान महायज्ञमा रु ६ लाख बराबरको आर्थिक सङ्कलन भएको छ ।

महायज्ञको चौथो दिनसम्म ६ लाख रुपैयाँ चन्दा सङ्कलन गरिएको ज्ञान महायज्ञ मूल समारोह समितिका संयोजक हरिप्रसाद घिमिरेले जानकारी दिनुभएको छ । विद्यालयको भौतिक, आर्थिक सम्पन्नता तथा शैक्षिक गुणस्तरका लागि ज्ञान महायज्ञ सञ्चालन गरिएको समेत संयोजक घिमिरेले जानकारी दिए ।

यही बैशाख ५ गतेदेखि सुरु भएको सप्ताह ज्ञान महायज्ञ आगामी १२ गतेसम्म सञ्चालन हुने संयोजक घिमिरेले जानकारी दिए । यज्ञमा पण्डित रामचन्द्र तिमिल्सिनाबाट प्रवचन भइरहेको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर