newskoseli.Com

देशलाई विखण्डन हुन नदिन आन्दोलन : वामदेव

 नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले देशलाई विखण्डन हुन र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेलाई सफल हुन नदिन विपक्षी नौ दलले पुस २२ गते राजधानीमा जनप्रदर्शनको तयारी गरेको बताए ।

जनप्रदर्शनका लागि परिचालित स्वयम्सेवकहरुलाई बिहिवार पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा उनले अनुशासित र चनाखो भएर काम गर्न दिए । अभद्र तथा उच्छृङ्खल गतिविधिमाथि निगरानी गर्दै जनप्रदर्शनलाई भव्य र शानदार ढङ्गले सम्पन्न गर्न उनले आग्रह गरे।

जनप्रदर्शन अपराह्न १ बजे रत्नपार्कबाट सुरु हुनेछ । त्यसभन्दा अघि विभिन्न ४० स्थानबाट जुलुसहरू रत्नपार्क आउने एमालेका सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

एकीकृत जुलुस रत्नपार्कबाट पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्युरोड गेट, भोटाहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक हुँदै प्रदर्शनीमार्गमा सभामा परिणत हुनेछ । सभालाई नौ राजनीतिक दलका प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर