newskoseli.Com

राष्ट्रपतिसँग शीर्ष नेताहरुको छलफल

संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरी समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन् ।

बिहीबार अपराह्न राष्ट्रपतिभवन शीतलनिवासमा भएको भेटघाटमा प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष के.पी. शर्मा ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारलगायतका शीर्षस्थ नेताहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर