newskoseli.Com

अझै संसद् खुल्दैन : सुवास नेम्बाङ

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् सञ्चालन गर्न नेकपा (एमाले) सकारात्मक भए पनि सरकारले अहिलेसम्म वार्ता र संवाद नथालेको गुनासाे गर्दै एमालेले अझै पनि संसद् अवरूद्ध नै गरिरहने संकेत गरेका छन् ।

शुक्रबार साँझ विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले ‘सरकारले संसद् सञ्चालन गर्न पहल नगरेका कारण’ आइतबार संसद् अवरुद्ध हुन सक्ने सम्भावना व्यक्त गरे । तत्कालीन संविधानसभाध्यक्ष नेम्वाङले सरकारकै कारण संविधान असफल हुन लागेको जिकिर गर्दै संसदीय मूल्य–मान्यता र संवैधानिक प्रक्रियाका आधारमा संविधान संशोधन विधेयक आउनुपर्ने धारणा व्यक्त गरे ।

पूर्वसभामुख नेम्वाङले ‘सीमाङ्कनको विषय प्रदेशसभाको क्षेत्राधिकार भएकाले’ यसबारे संसदमा कुनै छलफल नै हुन नसक्ने धारणा व्यक्त गरे ।अन्य विषयबारे समेत सरकारले प्रतिपक्षी दलसँग छलफल र वार्ता गरेर मात्र प्रस्ताव अगाडि बढाउनुपर्ने जिकिर गर्दै नेम्वाङले सरकारकै कारण मुठभेड हुन सक्ने स्थिति सिर्जना भएको गुनासो गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर