newskoseli.Com

सङ्घीयतालाई बहसको विषय नबनाऔं : उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधान कार्यान्वयनसँगै तीनवटै तहको निर्वाचन सम्पन्न गरेर मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउनु अपरिहार्य भएको बताएका छन् ।

निर्यात दिवसका अवसरमा नेपाल निर्यात परिषदले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले संवाद र सहमतिका माध्यमबाट सबै समस्या समाधान गरेर संविधान कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सङ्घीयतालाई बहसको विषय नबनाउन र चाँडो सहमति कायम गरी निर्वाचनमा लाग्न सबै राजनीतिक दललाई उनले आग्रह गरे ।

“सबै नेपाली राष्ट्रवादी हुन्” भन्दै उनले अब राजनीतिक सङ्घर्ष नगरी आर्थिक विकासमा सम्पूर्ण नागरिक लाग्नुपर्नेमा जोड दिए । संविधान कार्यान्वयन र देशको आर्थिक विकास सरकारको पहिलो प्राथमिकता हुनुपर्ने बताउँदै उनले लगानीको वातावरण बनाउन निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने आवश्यकता औंल्याए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर