
लागुऔषध नियन्त्रण ब्युरोले अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित दुई भारतीयलाई आज पक्राउ गरेको छ ।
ब्युरोबाट खटिएको विशेष प्रहरीको टोलीले स्थानीय तिलगङ्गा क्षेत्रबाट अवैध लागुऔषध खैरो हेरोइन २१ ग्रामसहित भारत बहराइच जिल्ला ककोरा मोहमदपुर थाना विशेश्वरगङ्ज घर बताउने २५ वर्षीय दीनदयाल राव र चन्दागाउँ ग्राम घर बताउने २५ वर्षीय मनोजकुमार त्रिपाठीसहित दुई जनालाई पक्राउ गरिएको ब्युरोद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।