newskoseli.Com

विपक्षीको होहल्लाबीच संसदमा संविधान संशोधन प्रस्तावित

सरकारले व्यवस्थापिका–संसदको आइतबारको दोस्रो बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन), २०७३’ प्रस्तुत गरेको छ । नेकपा (एमाले) लगायतका विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्ताव प्रस्तुत गरेका हुन् ।

त्यसअघि, सांसद प्रेम सुवाल र चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गरेका संशोधन प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो ।

सांसद सुवालले आफूले संविधानको दोस्रो संशोधनका निम्ति नभई प्रस्ताव नै फिर्ता लिन सदन समक्ष विरोधको सूचना दिएको स्पष्ट पार्दै आफू त्यसको खारेजीको पक्षमा रहेको बताए । सांसद केसीले पनि विरोधको सूचना फिर्ता लिन नमानेपछि बैठकले उनीरुकाे प्रस्तावलार्इ बहुमतले अस्वीकृत गरेको हो । व्यवस्थापिका–संसदको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर