newskoseli.Com

द्वन्द्व नै उद्योग बन्यो, द्वन्द्वकै व्यवसाय फस्टायो : ओली

निवर्तमान प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यतिखेर नेपालमा द्वन्द्व उद्योगका रुपमा फस्टाएको दावी गर्दै अहिले द्वन्द्वकै व्यवसाय गर्न खोजिएको बताएका छन्  ।

यस्ता षड्यन्त्रबाट नेपाली जनता सजग र सचेत हुनुपर्दछ भन्दै ओलीले संविधान संशोधन प्रस्ताव संविधानविपरीत रहेकाले त्यो संसदबाट पारित हुन नसक्ने समेत दोहोर्‍याएका छन् ।

सोमबार विराटनगरमा एमाले मोरङको आठौं जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले भने– “स्थापनाकालदेखि नै एमालेले न्यायोचित वितरण प्रणाली र समानताको सिद्धान्तलाई अङ्गिकार गरेर मुलुकलाई विकासको मार्गमा डोर्याउने उद्देश्यका साथ अगाडि बढिरहेको छ ।” आफ्नो पार्टी सार्वभौमसत्ता, भौगोलिक अखण्डता, गणतन्त्र र सामाजिक सद्भावप्रति पूर्ण प्रतिबद्ध रहेको उनले बताए ।

जनताको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको कार्यान्वयन गरी मुलुकलाई निर्वाचनतर्फ अग्रसर गराउनुपर्ने अहिलेको आवश्यकता हो भन्दै अध्यक्ष ओलीले भने– “यतिबेला स्वार्थहरु टक्कराएका छन्, त्यसैले गणतन्त्रको स्थायित्वका लागि नेपाली जनता सजग हुनुपर्दछ ।”

देशलाई पछाडि धकेल्नका लागि क्षेत्र, भाषा र जातीय एकताबीच वैमनस्यता फैलाउने काम भइरहेको दावी गर्दै अाेलीले भने– ‘देशको विकास र समृद्धिका लागि सबै नेपालीबीच सबल एकता हुनुपर्दछ ।’

तीनदिने अधिवेशनको सफलताको कामना गर्दै अाेलीले पार्टी सङ्गठनलाई अझ सशक्त र बलियो बनाउन सक्रिय भएर लाग्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर