newskoseli.Com

‘थाहा आन्दोलनलाई देशव्यापी बनाऔं’

Date: 1970-05 Location: Palung, Makwanpur Description: High School Principal Rup Chandra Bista, age 30.

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले रुपचन्द्र विष्टले फैलाएको थाहा अभियानलाई देशव्यापी बनाउनुपर्ने बताएका छन् ।

थाहा दिवसको अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रमको मंगलबार हेटाैंडामा समापन गर्दै मन्त्री पाण्डेले अन्यायका विरुद्धमा छाप्रे र महिला तथा गरिबको मुक्तिका लागि विष्टले चलाएको थाहा अभियानलाई सबैले सक्दो प्रचार गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।

मकवानपुरस्थित थाहानगरमा सामाजिक क्षेत्रमा क्रियाशील ‘फरक सोच’ अभियानले थाहा आन्दोलनका प्रणेता दिवङ्गत विष्टको ८४औं जन्मजयन्तीकाे अवसर पारेर दोस्रो थाहा दिवस मनाइएको हो । विष्टको जन्म १९९० पुस २६ मा भएको थियो ।

कार्यक्रममा पूर्वस्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, थाहा नगरपालिकाका कार्यकारी अधिकृत भीमबहादुर परियार, शालिक संरक्षण समितिका संयोजक राजेश केसीलगायतले रुपचन्द्र विष्टले सामाजिक तथा सास्कृतिक रुपान्तरणका लागि थाहाको माध्यमबाट पुर्याएको योगदानको चर्चा गरे ।

सो अवसरमा स्थानीय बालबालिका तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा समेत प्रदान गरिएको छ । नेपाल चलचित्र वितरण समितिका सदस्य विकासकुमार प्रधानले सय जना विपन्न वर्गका व्यक्तिलाई न्यानो कपडा उपलब्ध गराएका हुन् ।

फरक सोचका अभियन्ता यादवजङ्ग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानलाई सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई कदरपत्र समेत प्रदान गरियाे ।

विष्टको ‘नारी शिक्षित भए मात्र विकास हुन्छ’ भन्ने भावनालाई कदर गर्दै अभियन्ता रायमाझीले १ लाख रूपैयाँको अक्षयकोषको घोषणा गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर