newskoseli.Com

५७ करोडभन्दा बढी लगानी गर्न जतना तत्पर

‘नेपालको पानी, जनताको लगानी’ नाराअन्तर्गत ऊर्जा मन्त्रालयले जनस्तरमा गरेको आह्वानअनुसार मंगलबार साँझसम्म जनस्तरबाट ५७ करोड ६४ लाख ९४ हजार ४ सय ८१ रूपैयाँ बराबरको लगानी गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।

ऊर्जा मन्त्रालयले स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना अगाडि बढाउने लक्ष्यका साथ अनलाइनमार्फत नागरिकको प्रतिबद्धता खोजेको छ । ऊर्जामन्त्री जनार्दन शर्माका स्वकीय सचिव वसन्त शर्माका अनुसार मंगलबार साँझसम्म ९ हजार १ सय ६५ जनाले लगानीको प्रतिबद्धता गरेका छन् ।

हालसम्म संस्थागत लगानीका लागि ६ कम्पनीले प्रतिबद्धता जनाएका छन् । त्यसमा संस्थागत लगानी २ करोड ४६ लाख २५ हजार रूपैयाँ रहेको छ । ऊर्जा मन्त्रालयले सोमबार मात्रै एक वेबसाइट सार्वजनिक गर्दै सोहीमार्फत लगानीका लागि आग्रह गरेको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर