newskoseli.Com

संशोधन छिनोफानोपछि मुलुक निर्वाचनमय : सिटौला

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान संशोधन प्रस्ताव छिनोफानो भएपछि मुलुक निर्वाचनमय हुने बताएका छन् ।

नेपाली कांग्रेस सुनसरीले मंगलबार इनरुवामा आयोजना गरेको अन्तर्क्रियामा सिटाैलाले केही असन्तुष्टिका बीचमा प्रस्ताव दर्ता भए पनि पारित हुने विश्वास व्यक्त गरे ।

नेता सिटौलाले वर्तमान समस्या संविधान संशोधनबाट समाधान हुने र मुलुक निर्वाचनमा जाने बताउँदै वैशाखभित्रै स्थानीय तहको निर्वाचनको तयारी भइरहेकाले यसका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

एमाले नेतृत्वको सरकारले भन्दा वर्तमान सरकारले सकारात्मक काम गरिरहेको उनले जिकिर गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर