newskoseli.Com

देश कसैको क्रीडास्थल होइन : ज्ञानेन्द्र शाह

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको अस्तित्व, स्वाभिमान र गौरव चीरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त तथा स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्नका लागि सबै नेपालीलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।

मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले पृथ्वीनारायण शाहको सङ्घर्ष, नेतृत्वकौशल, दूरदर्शीता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणामस्वरुप यो देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव प्राप्त भएको उल्लेख गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ– ‘देश कसैको क्रीडास्थल होइन, हुन सक्दैन र हुन दिइनु पनि हुँदैन भन्ने सोचका साथ देशभक्त नेपालीले एकताबद्ध भई सद्भाव, देशभक्ति र आपसी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सकिन्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर