newskoseli.Com

तराईमा शैक्षिक सुशासन अभिवृद्धि कार्यक्रम

तराई–मधेसका जिल्लामा विद्यालय बाहिरका विद्यार्थीलाई मूल प्रवाहमा ल्याउन, टिकाउन र सिकाउन शिक्षा मन्त्रालय, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र ‘सर्च फर कमन ग्राउन्ड’ बीच त्रिपक्षीय परियोजना सुरु भएको छ ।

तराईका धनुषा, महोत्तरी र सिरहाका पिछडिएका गाविसका ४२ माध्यमिक विद्यालयमा व्यवस्थापनलाई जवाफदेही र जिम्मेवार बनाउन विद्यालयमा सुशासन र जवाफदेहितामा सुदृढीकरणका लागि ‘हाम्रो शिक्षा’ नामक परियोजना कार्यान्वयनका लागि पुस २८ मा ती संस्थाबीच सम्झौता भएको थियो । परियोजना कार्यान्वयनको एक हिस्सेदारका रुपमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र आसमान नेपाल पनि आबद्ध छन् ।

शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले शैक्षिक सुशासनमा लक्षित प्रतिफल प्राप्त गर्न तथा सबै सरोकारवालालाई सार्वजनिक विद्यालय शिक्षाको गुणस्तरीयता सुनिश्चित गर्न परियोजनाले सघाउने अपेक्षा व्यक्त गरे ।

सर्च फर कमन ग्राउन्डका राष्ट्रिय निर्देशक डा. भोलाप्रसाद दाहालले परियोजनाअन्तर्गत स्थानीयस्तरमा शैक्षिक सुशासन विधिको प्रयोग र व्यवस्थापनसम्बन्धी सीप अभिवृद्धि गरी केन्द्रस्तरमा नीतिगत सिकाइलाई नीतिगत रुपमा विस्तार गरिने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर