newskoseli.Com

पानामा पेपर्सलार्इ महताेकाे जवाफ

गैर अावासिय नेपाली सघंका पूर्व अध्यक्ष डा. उपेन्द्र महताेले पानामा पेपर्सले सार्वजनिक गरेकाे नाममा उनकाे पनि नाम जाेडिएपछि अाज एक विज्ञप्ति निकाल्दै विदेशमा अाफ्नाे लगानि रहेकाे र त्याे सम्वन्धित देशकाे कानुन अनुसार वैधानिक रहेकाे बताएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘मैले विदेशमा जेजति लगानी गरेको छु, त्यो पूँजी विदेशमै आर्जन गरेको स्वत: स्पष्ट नै छ। विदेशमा बस्ने नेपाली नागरिकले आफू बसेको ठाउँमा कमाएको पूँजी त्यहीँ वा अन्य मुलुकमा लगानी गर्ने कुरा कानूनसम्मत र विश्वव्यापी प्रचलनमा छ।’

अन्तर्राष्ट्रिय खोज पत्रकार समूहले सार्वजनिक गरेको पानामा पेपर्सको दोस्रो विवरणमा अफसोर कारोबार गर्नेमा महतोसहित ७ नेपालीको नाम परेको सार्वजनिक भएकाे थियो।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर