newskoseli.Com

६७ वर्षीय ‘बाजे’ विद्यार्थीले खोलिदिए छात्रवृत्तिकोष

सुदूरपश्चिमाञ्चल उच्च माध्यमिक विद्यालय धनगढीमा अध्ययनरत ६७ वर्षीय पूर्णानन्द जोशीले क्याम्पसमा ५० हजार रूपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् ।

विद्यालयको बुधबार भएको वार्षिकोत्सवका अवसरमा सो क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत ६७ वर्षीय ज्येष्ठ विद्यार्थी जोशीले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष खडा गरिएको जानकारी दिएका हुन् । जोशी ११ कक्षादेखि नै सोही क्याम्पसमा अध्यययनरत छन् । उनी मानविकी सङ्कायतर्फ स्नातक तह दोस्रो वर्षमा अध्यययनरत छन् ।

पढाइलाई उमेरले नछेक्ने उदाहरण दिएका जोशीले बूढेसकालको समयमा भए पनि अाफूले डिग्रीसम्मको अध्ययन पूरा गरेरै छाड्ने सोचमा रहेको बताए । क्याम्पसमा उनलाई अधिकांशले ‘बाजे’ भनेर सम्बोधन गर्छन् । जोशीले स्थापना गरेको अक्षयकोषबाट यस वर्ष स्नातक तह तृतीय वर्षमा अध्ययनरत छात्र महेश नेपालीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर