newskoseli.Com

किम जोङकाे शव परीक्षण गर्ने तयारी

North Korean leader Kim Jong Un speaks during a ceremony to award party and state commendations to nuclear scientists, technicians, soldier-builders, workers and officials for their contribution to what North Korea said was a successful hydrogen bomb test, at the meeting hall of the Central Committee of the Workers’ Party of Korea (WPK) in this undated photo released January 13, 2016. REUTERS/KCNA

उत्तर कोरियाली राष्ट्रपति किम जोङ उनका सौतेनी भाइ किम जोङ नामको मलेसियाली विमानस्थलमा भएको हत्यापछि मलेसियामा रहेको शव परीक्षणको सम्पूर्ण नतिजा आउन कम्तिमा २ हप्ता लाग्ने मलेसियाका स्वास्थ्य अधिकारीले शनिबार जनाएका छन् ।

“सामान्यतया मृत्युको कारण परीक्षणबाट पत्ता लगाउन २ हप्ताको समय लाग्ने छ, हामीले प्रष्ट तथा निर्णयात्मक नतिजा नआउदासम्म अन्य रिपोर्टलाई पनि सार्वजनिक गर्न मिल्दैन,” स्वास्थ्य मन्त्री एस सुव्रमन्यमले बताए  ।
जोङ नामको मृत शरीर आवश्यक परीक्षणपछि क्वालालम्पुरले छिट्टै प्योङयाङ फिर्ता गर्ने बताएकाे  छ ।

यसैहप्ता सोमबार उडानको तयारीमा रहेको किमजोङ नामको प्योङयाङका लागि मलेसियामा रही काम गर्दै आएकी महिला गुप्तचर कर्मचारी डो आन थि हुङले विष खुवाएर हत्या गरेको आरोप दक्षिण कोरियाले लगाएको छ।

भने डोआनलाई ७ दिन प्रहरी हिरासतमा राखी अनुसन्धान अघि बढाइने मलेसियाको सेलाङगर राज्यको प्रहरी प्रमुख अब्दुल समाह मातले एएफपी समाचारदातासँगको कुराकानीमा बताएका छन  । तर उत्तर कोरियाले भने हत्या सम्बन्धमा कुनै प्रतिक्रिया दिएको छैन ।जोङनामको हत्या प्रकरणमा अहिलेसम्म मलेसियाले केही व्यक्तिलाई पक्राउ गरेको छ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर