newskoseli.Com

स्ववियु निर्वाचन : २ क्याम्पसमा उम्मेदवारी दर्ता हुनै सकेन

स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन कार्यसूचीअनुसार शनिबार उम्मेदवारी दर्ताकाे क्रममा धुलिखेल क्याम्पस र पनौती इन्द्रेश्वर क्याम्पसमा दर्ता स्थगन भएको छ ।

विद्यार्थी भर्नाको विषयलाई लिएर विवाद भएपछि माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेपछि उम्मेदवारी दर्ता स्थगित भएको धुलिखेल क्याम्पस स्ववियु निर्वाचन आयुक्त दीपक गौतमले जानकारी दिएका छन् ।

पनौतीस्थित इन्द्रेश्वर क्याम्पसमा पनि विद्यार्थी भर्नाको विषयलाई लिएर उम्मेदवारी दर्ता स्थगित भएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काभ्रेपलान्चोकका अरू १४ वटा क्याम्पसमा उम्मेदवारी दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हरेक दुई वर्षमा हुने स्ववियु निर्वाचन यसपटक ८ वर्षपछि हुँदैछ । स्ववियु निर्वाचनकै इतिहासमा यसपटक २८ वर्षको उमेरहद र मिश्रित चुनाव प्रणाली अवलम्बन गरिने भएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर