newskoseli.Com

महिला उत्तरदायी पत्रकार आचारसंहिता, २०७३ प्रतिवेदन हस्तान्तरण

प्रेस काउन्सिल नेपालका सदस्य तथा महिला समाचार सम्प्रेषणसम्वन्धी –बिशेष आचारसंहिता निर्माण कार्यदलका संयोजक शुभेच्छाविन्दु तुलाधरले एक कार्यक्रमबीच काउन्सिल अध्यक्ष बोर्णवहादुर कार्कीलाई उक्त प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

महिलासम्वन्धी समाचार सम्प्रेषणको व्यावसायिक पक्षलाई मर्यादित, जवाफदेही, प्रभावकारी, परिणाममूखि बनाउन सवै सञ्चारमाध्यम, पत्रकारहरुलाई लागू हुनेगरी प्रतिवेदनलाई तत्कालै कार्यान्वयनमा ल्याउने अध्यक्ष कार्कीले प्रतिवद्धता प्रकट गरे।

प्रेस काउन्सिल ऐन, ०४८ को ७ ख ले दिएको अधिकार प्रयोग गरी निर्मित आचारसंहितामा महिलाको हक, हित, समानताको प्रवद्र्धन, महिलाको पेशागत हित, उत्तरदायित्व र जवाफदेहीताको पक्षलाई समेटी तयार गरिएको हो ।

कार्यदलको सदस्यहरुमा अधिबक्ता डा.सुरेन्द्र भण्डारी, नेपाल पत्रकार महासंघका सचिव तथा काउन्सिल सदस्य संगीता खड्का र सदस्य सचिवमा दीपक खनाल छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर