उपप्रधानमन्त्री एवम् महिला बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले ज्येष्ठ नागरिकका लागि सरकारले विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन् ।
थापाथली जनकल्याण परिवारले २६औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजना गरेको पुरस्कार तथा सम्मान कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले विपन्न र हेपिएका ज्येष्ठ नागरिकलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन लागेको बताएका छन्। “भूकम्प र नाकाबन्दीले मुलुकको अर्थतन्त्र घटेको छ तर पनि हामी ज्येष्ठ नागरिकलाई केही गरेर छाड्छौँ ।” उपप्रम मैनालीकाे भनार्इ छ ।
मैनालीले ज्येष्ठ नागरिकको सम्मानका लागि सरकारले मात्र केही गर्न नसक्ने भन्दै सरकार र नागरिक एकआपसमा मिल्नुपर्ने बताए ।
व्यवस्थापिका–संसदका सांसद डा बाबुराम पोखरेलले सरकारले ल्याएको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकको आवाजलाई समेटेको बताए ।
कार्यक्रममा सोही टोलका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई दोसल्ला, सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियाे । रासस