newskoseli.Com

३५ क्याम्पसमा महिलाले जिते स्ववियु सभापति ! (नामावलीसहित)

हालै भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा करिव २ सय ५० क्याम्पसको मतपरिणाम सार्वजनिक भइसक्दा ३५ क्याम्पसमा महिला सभापति निर्वाचित भएका छन्।

त्रिभुवन विश्वविद्यालयका धेरैजसो आंगिक र सम्बन्धन प्राप्त क्याम्पसको नतिजा आइसकेको छ। सबैभन्दा धेरै अनेरास्ववियुका १८ महिला सभापतिले जितेका छन् । नेपाल विद्यार्थी संघका १२ महिला उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् भने अखिल (क्रान्तिकारी) का तर्फबाट ५ महिला सभापति बनेका छन् ।

अनेरास्ववियुबाट निर्वाचित महिला सभापतिहरू

१) महाराजगञ्ज नर्सिङ क्याम्पसमा विमला धमला

२) दैलेख नारायण क्याम्पसमा रेखा थापा

३) म्याग्दी बहुमुखी क्याम्प्समा सावित्रा केसी

४) मिर्मी बहुमुखी क्याम्पस, स्याङ्जामा सरस्वती न्यौपाने

५) महाकाली बहुमुखी क्याम्पस, कञ्चनपुरमा सुशीला चौधरी

६) चन्द्रकोट बहुमुखी क्याम्पस, गुल्मीमा विमला गौतम

७) नेपालगञ्ज नर्सिङ क्याम्पसमा शर्मिला थापा

८) त्रिदेव क्याम्पस, चारआली झापामा लक्ष्मी न्यौपाने

९) सेती क्याम्पस, बझाङमा विमला अवस्थी

१०) मंगला शिक्षा क्याम्पस, बाबियाचौरमा अनिषा भट्टराई

११) जालपादेवी क्याम्पस, पाख्रीवास धनकुटामा सावित्रा घिमिरे

१२) सिद्धार्थ सामुदायिक क्याम्पस, फेदीखोला, स्याङ्जामा प्रतिष्ठा कार्की

१३) खापरदेव क्याम्पस, बझाङमा पूजा कार्की

१४) खोटाङ क्याम्पस, खोटाङमा सन्तोशी फुयाँल

१५) कानपुर क्याम्पस, काभ्रेमा सुनिता तामाङ

१६) जनक क्याम्पस भकुन्डे काभ्रेमा सरला दाहाल

१७) कृष्ण स्नातक लाली क्याम्पस, दार्चुलामा कमला पन्त

१८) जितपुर क्याम्पस, धनकुटामा प्रतिमा श्रेष्ठ

 

नेविसंघबाट निर्वाचित महिला सभापतिहरू

१) प्रकाश बहुमुखी क्याम्पस, काभ्रेमा तृष्णा पन्त उप्रेती

२) कोट्देउला जनआदर्श क्याम्पस, दैलेखमा रमाकुमारी नेपाली

३) रुवाकोट महाशिला क्याम्पस, पर्वतमा सिर्जना मल्ल ठकुरी

४) जनसिद्धेश्वर क्याम्पस, बाँकेमा चित्रकला पुन

५) श्री शंकरपुर क्याम्पस, दार्चुलामा कमला पन्थ

६) खप्तड बहुमुखी क्याम्पस, तेह्रथुममा पवित्रा पौड्याल

७) आँबुखैरेनी बहुमुखी क्याम्पस, तनहुँमा पूर्णिमा थापा

८) वीरगञ्ज नर्सिङ्क क्याम्पस, पर्सामा प्रशंशा पाण्डे

९) रोलेश्वर बहुमुखी क्याम्पस, कञ्चनपुरमा आशा भट्ट

१०) पोखरा नर्सिङ क्याम्पस, कास्कीमा अनामिका बस्नेत

११) तेह्रथुम क्याम्पस, शुक्रबारेमा पवित्रा पौडेल

१२) तनहुँ आदिकवि क्याम्पसमा दुर्गा भण्डारी

 

अखिल क्रान्तिकारीबाट निर्वाचित महिला सभापतिहरू

१) परोपकार आदर्श क्याम्पस, गोरखामा मिना पन्त

२) परमानन्द बहुमुखी क्याम्पस, गुल्मीमा शितल थापा

३) पुष्पलता बहुमुखी क्याम्पस, लमजुङमा संगिता भुजेल

४) गुराँस बहुमुखी क्याम्पस, सानोश्री ताराताल, बर्दियामा धनसरा ढकाल

५) जनज्योति क्याम्पस, पुर्कोटदह, गुल्मीमा सिर्जना घिमिरे

 

स्ववियु निर्वाचनको पछिल्लो परिणाम हेर्न यहाँ क्लिक गर्नुहोस्–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर