newskoseli.Com

सप्तरीको घटनाप्रति गृह प्रवक्ता जानकार

 गृह मन्त्रालयले सप्तरीको घटनामा मधेसी मोर्चाका तीन जना कार्यकर्ताको मृत्यु भएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले नेकपा (एमाले)ले आयोजना गरेको जनसभा बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले पूर्व घोषणा गरेको कार्यक्रमका कारण साेमबार दुःखद घटना हुन पुगेको बताए ।

उनले उक्त घटनामा मोर्चातर्फ एक जना गम्भीर घाइते र सात जना घाइते भएकोे विवरण प्राप्त भएको उल्लेख गर्दै सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरी बलका १३ जना घाइते भएकाे जानकारी दिए ।

प्रवक्ता पन्थीले भने, “मोर्चा र एमालेका बीचमा पर्खालका रुपमा सुरक्षा निकायले भूमिका निर्वाह गरिरहेको थियो, मोर्चाका कार्यकर्ताबाट सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा, भाला र पेट्रोल बम प्रहारसहितको आक्रमण गर्यो प्रहरीले आत्मरक्षाका लागि अश्रु ग्यास, हवाई फायर र रबरका गोली प्रयोग गर्दा पनि भीड नियन्त्रणमा नआएपछि ठूलो क्षति हुनबाट जोगिनका लागि बाध्य भएर गोली चलाउनु परेको हो ।”

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर