newskoseli.Com

सत्ताधारी नेकपा : को–को बन्दैछन् पोलिटब्युरो सदस्य ? (नामावलीसहित)

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएको ठ्याक्कै एक वर्ष पुगेकै दिन एकीकृत पार्टी सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पोलिटब्युरो कमिटी घोषणा हुने भएको छ ।

पूर्वएमालेबाट को–को ?

तत्कालीन एमालेमा पूर्ण र वैकल्पिक गरी ६६ सदस्यीय पोलिटब्युरो थियो । तीमध्ये उपाध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति भएकी छन् तयसैले उनी पार्टीमा छैनन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, प्रदेश– ३ का सभामुख सानुकुमार श्रेष्ठ, महान्यायाधिवक्ता बनेका अग्नि खरेल पनि पोलिटब्युरोमा रहने छैनन् ।

अमृत बोहरा पदेन सदस्य थिए भने सोमनाथ प्यासी, पुष्प कँडेल, केशव बडाल पनि पोलिटब्युरोका आमन्त्रित सदस्य थिए । यसरी अब साविक कमिटीबाट ५९ जना रहनेछन् र थप २९ जना नयाँ पोलिटब्युरो सदस्य छानिने भएका छन् । २९ जनामध्ये बोहरा, प्यासी, कँडेल र बडाललाई स्वतः पोलिटब्युरो बनाउने प्रस्ताव छ । तत्कालीन एमालको पाँचौं महाधिवेशनमै केन्द्रीय सदस्य भएकाहरूमध्येकै कतिपय नेता पोलिटब्युरोमा थिएनन् । घनेन्द्र बस्नेत, देवराज घिमिरे, नरेश खरेल, केदार न्यौपानेलाई अब पोलिटब्युरोमा समेट्ने नेकपाको तयारी छ ।

त्यस्तै, एमालेको पछिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका तर यसअघि पोलिटब्युरो सदस्य बनिसकेका कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, धर्मनाथप्रसाद साहलाई पनि अब पोलिटब्युरो बनाइने भएको छ । गुरु बराल, भानुभक्त जोशी, शेरबहादुर तामाङ, जीवनराम श्रेष्ठ, ममता गिरी, सुशीला नेपाल, गरिमा शाह, गोमा देवकोटा, केशवलाल श्रेष्ठ, चन्द्रबहादुर शाही, वैजनाथ चौधरी, ठाकुर गैरे, श्रीप्रसाद शाह, ज्ञानबहादुर भुजेल, राजेन्द्र राई, डा. विजय सुब्बा, चुडामणि जंगली विश्वकर्मा, रामचन्द्र यादवलगायतलाई पोलिटब्युरोमा लैजाने प्रस्ताव गरिएको बताइएको छ ।

पूर्वमाओवादीबाट को–को ?

पूर्वमाओवादी पक्षमा भने स्थिति अलिक भद्रगोल नै छ । एकता अघि कमिटीको संरचना ठूलो भएको र युद्धकालपछि पार्टीमा भित्रनेको संख्या अधिक भएकाले व्यवस्थापन गर्न गाह्रो परेको बताइएको छ । पूर्वमाओवादीले जनयुद्धकालमा केन्द्रीय कमिटीमा रही अहिलेसम्म आफैंसँग भएकाहरू सबैलाई अहिले एकीकृत पार्टीको पोलिटब्युरो सदस्य बनाउने तयारी गरेको छ । जनयुद्धकालको अन्त्यताका तत्कालीन नेकपा माओवादीमा ९९ सदस्यीय केन्द्रीय कमिटी थियो ।

हाल केन्द्रीय सचिवालयमा रहेका अध्यक्ष प्रचण्ड, रामबहादुर थापा ‘बादल’ र नारायणकाजी श्रेष्ठ स्वतः पोलिटब्युरोमा रहनेछन् । त्यसैगरी, स्थायी कमिटीमा रहेका अमिक शेरचन, देवप्रसाद गुरुङ, टोपबहादुर रायमाझी, गणेश साह, गिरिराजमणि पोखरेल, चक्रपाणि खनाल, जनार्दन शर्मा, टोपबहादुर रायामाझी, देवेन्द्र पौडेल, पम्फा भुसाल, वर्षमान पुन, मणि थापा, मातृकाप्रसाद यादव, शक्तिबहादुर बस्नेत, हरिबोल गजुरेल, अग्निप्रसाद सापकोटा, लेखराज भट्ट पनि स्वतः पोलिटब्युरो सदस्य बन्दैछन् ।

स्थायी समितिमा नरहेकाहरुमा नारायण शर्मा पौडेल, हितमान शाक्य, कुलप्रसाद केसी, जयपुरी घर्ती, तिलक परियार, लीलामणि पोखरेल, दिनानाथ शर्मा, हितराज पाण्डे, विश्वनाथ साह, डिलाराम आचार्य, उर्मिला अर्याल, श्रीराम ढकाल, प्रभु साह, टंक राई, रामचन्द्र झा, रामेश्वर राय यादव, प्रह्लाद बुढाथोकी, परशुराम तामाङ, पाशाङ शेर्पा, सुरेन्द्रकुमार (राम) कार्की, जोखबहादुर महरा, नारायण दाहाल, सन्तु दराई, गणेशमान पुन, जगप्रसाद शर्मा, कालीबहादुर मल्ल, कमला रोक्का, झक्कु सुवेदी, हरिराज अधिकारी, टंक आङबुहाङ,, सुरेशकुमार राई, शशी श्रेष्ठ, डीआर पौडेल, रेखा शर्मा, पूर्णाकुमारी सुवेदी, गंगा कार्की, पुष्पविक्रम मल्ल, खगराज भट्ट, टेकबहादुर बस्नेत, महेश गहतराज, अञ्जना बिशंखे, राजु खड्का, कृष्णध्वज खड्का, भरतप्रसाद शाह, शिवकुमार मण्डल, सुरेश आलेमगर, महेश्वर दाहाल, अमृता थापा, सूर्यप्रकाश सुवेदी, मायाप्रसाद शर्मा, ओनसरी घर्ती, नन्दकुमार प्रसाईं र कमल चौलागाईंको नाम पोलिटब्युरो सदस्यमा प्रस्तावित छ । यीमध्येकै अधिकांश पोलिटब्युरो सदस्य बन्ने पक्कापक्की भएको स्रोतको दावी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर