newskoseli.Com

विपन्न बालकलाई निःशुल्क पठनपाठन

यहाँको एक निजी विद्यालयले विपन्न परिवारमा जन्मेका प्रतिभाशाली बालक दीपेन थापालाई निःशुल्क पढाउन सुरु गरेको छ ।

म्याग्दीको ज्यामरुककोट–३ का थापालाई चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलले आवसीय सुविधासहित पठनपाठनको जिम्मा लिएको हो । सानै उमेरदेखि गायन कलामा पोख्त १३ वर्षीय थापालाई माध्यमिक तहसम्म निःशुल्क पढाइने स्कुलले जनाएको छ ।

विद्यालयका प्राचार्य नवराज श्रेष्ठले बालकको शैक्षिक र सिर्जनशील भविष्यको लागि विद्यालयले सहयोग गरेको बताए ।
विद्यालय पोसाक, खेलकुद पोसाक पनि उनले निःशुल्क रुपमा पाउनेछन् । सामुदायिक विद्यालयबाट कक्षा ७ उतीर्ण गरेका थापा निजी स्कुलमा भने कक्षा ७ मै भर्ना भएका छन् ।

त्यस्तै उनलाई अङ्ग्रेजी भाषा सिकाउन र अन्य अतिरिक्त क्रियाकलापमा सघाउन नेपाल राष्ट्रिय वाणिज्य सङ्घले मासिक रु तीन हजार सहयोग गर्ने भएको छ ।

दीपेनले आफ्नो अङ्ग्रेजी सिक्ने र पढाइलाई अघि बढाउने सपना पूरा भएको बताए । उनले पढाइसँगै आफ्नो गायनयात्रालाई सँगै अघि बढाउने समेत बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर