newskoseli.Com

जायज र उचित माग पूरा हुने प्रधानमन्त्रीकाे अाश्वासन

o’jf ;ª3sf] :yfkgf lbj; k|wfgdGqL tyf g]skf Pdfn]sf cWoIf s]kL zdf{ cf]nL o’jf ;ª3 g]kfnsf] @^cf}+ :yfkgf lbj;sf] pknIodf zlgaf/ /fhwfgLdf cfof]lht k|yd o’jf dxf]T;jdf o’jfnfO{ clejfbg ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

 प्रधानमन्त्री केपी शर्मा ओलीले जायज र उचित माग पूरा गराउनका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन्।
युवा सङ्घ नेपालको २६औँ स्थापना दिवसको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

“जोसुकैका जायज र उचित माग पूरा हुन्छन्, त्यसका लागि आन्दोलन गर्नु पर्दैन, सरकारले बोलाएका बेला वार्तामा आई आफ्ना कुरा राख्नुपर्छ, घाम सर्दै जाँदा रुखमुनिको छहारी सरेजस्तै आन्दोलन सारेर माग पूरा हुन्न” प्रम अाेलीले भने।

सामन्तवादलाई समाप्त गरे पनि त्यसका आर्थिक र सामाजिक अवशेषलाई समाप्त गर्न बाँकी रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । पूर्वाधार विकास र आर्थिक उन्नतिलाई केन्द्रविन्दुमा राखेर सरकारले नीति तथा कार्यक्रम ल्याएको उहाँले बताउनुभयो ।  प्राविधिकले गरेको अध्ययनबाट देशका ८० गाविसमा सडक पुर्‍याउन नसकिने देखिए पनि अन्य सबै गाविसलाई दुई वर्षभित्र सडक सञ्जालले जोड्ने गरी काम अघि बढाइएको प्रधानमन्त्री ओलीले सुनाए ।

युवा सङघको स्थापना दिवस?दच रश्र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरु युवा सङघ नेपालको २६औं स्थापना दिवसको उपलक्ष्यमा शनिबार राजधानीमा आयोजित प्रथम युवा महोत्सवमा सहभागी हुँदै । तस्बिरः प्रदीपराज वन्त, रासस

“पैँतालीस दिनमा काठमाडौँ आइपुग्ने सामान १० दिनमा आइपुग्ने गरी काठमाडौँ–केरुङ रेलमार्ग सरकारले बनाउनेछ, पूर्व–पश्चिम राजमार्ग चौडा बनाउँछौँ, मध्यपहाडी (पुष्पलाल) लोकमार्गलाई तीव्रताका साथ कालोपत्रे गर्छौं” – प्रम अाेलीले भने । कागज विस्थापन गरी कम्प्युटरबाटै कार्य सञ्चालन गर्ने गरी ई–गभर्नेन्स र डिजिटल नेपाल निर्माण गरिने प्रधानमन्त्री ओलीले बताए । सरकारले गरिबी हटाई देश विकास गर्ने बजेट ल्याउने प्रशासन मात्र चलाउने बजेटको निरन्तरता नहुने प्रतिबद्धता पनि प्रम अाेलीकाे थियो । युवा स्वरोजगारलाई व्यवहारमा उतार्न प्रमाणपत्र धरौटी राखेर बिनाधितो ऋण दिने कार्यक्रम ल्याइएको प्रधानमन्त्री ओलीले बताए ।

कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष दिलकुमारी पन्त र महासचिव किरण पौडेलले युवाको शक्तिलाई राष्ट्र निर्माणमा लगाउने सोच एवम् कार्यक्रमका साथ सरकार अघि बढ्नुपर्नेमा जोड दिए ।  स्थापना दिवसका अवसरमा गरिएको पहिलो युवा महोत्सवमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिनुका साथै रोजगारमूलक र स्वास्थ्य सेवा प्रदान गर्ने जानकारीमूलक २२ वटा कक्ष पनि राखिएको थियो ।

सङ्घको संस्थापक अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मुखपत्र युवा आवाज र प्रशिक्षण सामग्रीको पनि विमोचन गरेका थिए। रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर