newskoseli.Com

प्रम केपी अाेली हावादारी भएकाे नेता नेपालकाे अाराेप

प्रधानमन्त्री केपी ओलीको आफ्नै पार्टीका शीर्ष नेताबाट आलोचना हुन थालेको छ । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली अहिलेसम्मकै हावादारी प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । शनिबार आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओली हावादारी आश्वसन दिएर हिडेकोमा आपत्ति जनाए ।

एमालेभित्र छुट्टै गुट चलाउँदै आएका नेपालले प्रधानमन्त्री ओलीकै कारण एमालेमाथी जनताले विश्वास गर्न छाेडेको समेत बताए । मुलुकको कार्यकारी पदमा बसेर जे पायो त्यही आश्वसन दिन नहुने भन्दै उनले प्रधानमन्त्री जस्ता व्यक्तिले जे पायो त्यही बोल्न नहुने बताए ।
‘कहिले हावाबाट बिजुली निकाल्ने त कहिले घरघरमा ग्यास पुर्याउने सपना बाँड्नुहुन्छ, जनताले पत्याउने योजना सुनाए पनि विश्वास गर्नु’ उनले भने ।

नेपालमा सम्भव नभएको योजना सुनाएर एमालेमाथी विश्वास गरेका जनतालाई भाँड्न खोजेको आरोप लगाउँदै उनले ओली नसच्चिए एमाले सखाप हुने चेतावनि समेत दिए ।

एमाले र एमाओवादीबीचको ९ बुँदै समझदारीकै कारण सरकारको आयु लम्बिएको भन्दै उनले ओली सरकार म्यादी भएको घोषणा गरे । बजेटपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको विषयमा भने उनले मुख खोलेनन् ।

उनले ओलीभन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा उपयुक्त हुने संकेत गर्दै ओलीले एक वर्ष सरकार चलाए एमालेको अस्तित्व समाप्त हुने बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर