newskoseli.Com

मोर्चा कार्यकर्ताद्वारा सरकारी गाडीमाथी तोडफोड

राजधानी केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले आज सिंहदरबार घेराउ गरिरहेका छन् ।

सिंहदरबार घेराउ गर्न जाँदै मोर्चा कार्यकर्ताले माइतीघर नजिकै एक सरकारी गाडीको सिसासमेत तोडफोड गरेका छन् । बा १ झ ३६१० नम्बरको सरकारी जीप तोडफोड भएको हो ।

बानेश्वरबाट आएको गाडी थापाथली मोडिने क्रममा आन्दोलनकारीले तोडफोड गरेका हुन्  । माेर्चाकाे घेराउ कार्यक्रमले माइतीघर मण्डला क्षेत्रकाे सवारी अावगमन प्रभावित भएकाे छ ।

गठबन्धनले पहिचानसहितका प्रदेश सुनिश्चित गर्नका लागि दबाब दिन भन्दै भोलि देखि सिंहदरबार घेराउको कार्यक्रम राखेको हो ।

निषेधित क्षेत्र ताेड्न खाेज्दा केहीबेरदेखि माेर्चा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी परेकाे छ । त्यस क्षेत्र बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ  ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर