newskoseli.Com

संघीय गठबन्धनको सिंहदरबार घेराउप्रति बाबुराम भट्टराइको ऐक्यबद्धता

संघीय गठबन्धनले गरेको सिंह दरबार घेराउ कार्यक्रम प्रति नयाँ संक्ति नेपालले ऐक्यबद्धता जनाएको छ । संयोजक बाबुराम भट्टरार्इले विज्ञप्ति जारी गर्दै मधेसी र जनजाती दलहरु मिलेर बनेको संघीय गठबन्धनले सिंहदरबार घेराउ आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

भट्टराईले आन्दोलनरत समुदायका माग सम्बोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउनुको विकल्प नभएकोसमेत बताएका छन् ।  मधेसी जनजाती समुदायले उठाएका मागहरु जायज भएको भन्दै तत्काल सुनुवाई गर्न सरकारसँग भट्टराईले आग्रह गरेका छन् ।

विज्ञप्तीमा संविधान जारी भएको लामो समय बितिसक्दा पनि उत्पीडित जनताले संविधानलाई आत्मसाथ गर्न नसक्नु तथा सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु दुखद भएको पनि उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ, ‘संविधान जारी भएर यतिका समय हुँदा पनि उत्पीडित जनताले संविधानलाई आत्मसात गर्न नसक्नु साथै सहज ढंगले संविधान कार्यान्वयन हुन नसक्नु धेरै दुःखपूर्ण छ ।

मुलुकलाई लामो समय यस्तो अवस्थामा राख्नु गम्भीर कुरा हो । त्यसैले संविधानलाई बनाउनुको विकल्प छैन ।’

AFB7ARw

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर