newskoseli.Com

धमाधम परीक्षण हुँदै एसर्इर्इका उत्तरपुस्तिका…

२०७३ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का उत्तरपुस्तिका परीक्षण (कपी चेकिङ) सुरु भएको छ ।

यसै क्रममा ललितपुरका जिल्ला शिक्षा अधिकारी दिलनाथ पुरीले बुधबार अग्रणी विषयगत शिक्षकहरुलाई भेला गराएर उत्तरपुस्तिका परीक्षण (कपी चेकिङ) बारे ब्रिफिङ गरे ।

ललितपुरको श्रमिक शान्ति स्कुल च्यासलमा बिहीबारदेखि एसईई परीक्षाकपी उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । सम्पूर्ण विषयगत शिक्षकहरुलार्इ सहभागी गराएर कापी चेक गराउने जानकारी शिक्षा कार्यालयका अधिकृत शान्तिराम पौडेलका दिएका छन् ।

यो सेन्टरमा पूर्वाञ्चल र पश्चिमाञ्चलका मिश्रित उत्तरपुस्तिकाहरू परीक्षणका लागि आएका छन् । अंग्रेजी, गणित, विज­­्ञान र नेपाली विषयका कापीहरु बुधबार ९ बजेदेख परीक्षण सुरू भएका छन् भने अरू विषयका कापी शुक्रबारदेखि परीक्षण सुरु भएका छन् ।

Copy Checking

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर