newskoseli.Com

शिक्षामा लगानी बढाउने प्रयास जारी : मन्त्री पोखरेल

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रको बजेट बढाउन आफू प्रयत्नशील रहेको बताएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालको प्रतिनिधिमण्डलले शिक्षामा कुल बजेटमा कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्न माग गर्दै आज दिएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पोखरेलले आफ्नो मन्त्रालय पनि सो विषयमा चिन्तित रहेको बताए ।

मन्त्री पोखरेलले बजेट बढाउन वकालत गर्नेलाई उचित समयमा अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पनि पहल गरिदिन आग्रह गर्दै पाेखरेलले सरकारको आवश्यकताका आधारमा शिक्षामा बजेट तर्जुमा गर्ने जनाउनुभयो । हाल शिक्षामा करिब १३ प्रतिशत बजेट रहेको छ । सार्वजनिक शिक्षाको सुधारका लागि आफू प्रतिबद्धताका साथ लागेको र त्यसमा साथ दिन पनि उनले आग्रह गरे ।

एनसिइ नेपालका अध्यक्ष राजकुमार गन्धर्वले सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गरेका प्रतिबद्धता पूरा गर्न लगानी बढाउन माग गरे ।

सो संस्थाले गत महिना ‘मैले तिरेको करः शिक्षामा लगाउने रहर’ भन्ने नाराका साथ शिक्षाका लागि विश्वव्यापी कार्य सप्ताह–२०१६ मनाएको थियो । सो सप्ताहका क्रममा विज्ञबीच भएको शिक्षामा लगानी बढाउनेसम्बन्धी कार्यशालाका निचोडसहितको प्रतिवेदन पनि मन्त्री पोखरेललाई हस्तान्तरण गरिएको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर