newskoseli.Com

कक्षा ११ को परीक्षा असार १ गतेदेखि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको बुधबार बसेको बैठकले दोस्रो चरणको चुनावका कारण कक्षा ११ को परीक्षा असार १ देखि १० गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव डिल्ली रिमालले जानकारी दिएका छन् ।

सरकारले असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन गर्ने घोषणा गरेपछि असार ८ देखि सञ्चालन गर्न तय गरिएको परीक्षा अगाडि सारेर असार १ गतेदेखि सञ्चालन हुने भएको हो । दोस्रो चरणको चुनावका कारण छिटो परीक्षा लिने काम सम्पन्न गर्न शनिबार समेत परीक्षा सञ्चालन हुने रिमालले बताए ।

बोर्डको शैक्षिक क्यालेण्डर अनुसार वैशाख २४ देखि परीक्षा सञ्चालन हुनुपर्ने भए पनि स्थानीय तहको निर्वाचनका कारण पटक–पटक मिति सारिँदा विद्यार्थी अन्योलमा पर्दै आएका थिए । परीक्षामा ४ लाख ४९ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर