newskoseli.Com

बिहीबारदेखि ११ कक्षाको परीक्षा, सबै तयारी पूरा

बिहीबार (असार १ गते) देखि हुने माध्यमिक शिक्षा (कक्षा ११) परीक्षाको तयारी पूरा गरेको जानकारी राष्ट्रिय परीक्षा बोर्डले दिएको छ ।

परीक्षामा सम्बन्धन प्राप्त ३ हजार ७ सय ६५ विद्यालयका कूल ४ लाख ४९ हजार ५४ परीक्षार्थीका लागि जम्मा ९ सय ९३ केन्द्र तोकिएका छन् । बोर्डले मंगलबार पत्रकार सम्मेलन गरी परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री एवम् प्रभावकारी वातावरण निर्माणका लागि सबैमा आग्रह गरेको छ ।

शिक्षा मन्त्रालयका सचिव एवम् बोर्डका का.वा. अध्यक्ष शान्तबहादुर श्रेष्ठले परीक्षा अवधिमा कुनै पनि दल र समूहबाट बन्द–हडतालका कार्यक्रम नगर्न आग्रह गरिएको छ । त्यस्तो अवस्था आएमा वैकल्पिक व्यवस्थाबाट परीक्षा दिन लगाइने उनले बताए । विगतको तुलनामा परीक्षा केन्द्र तर्जुमा र व्यवस्थापनमा सुधार भएको दाबी उनले गरेका छन् ।

बोर्डका सदस्यसचिव डा. डिल्लीराम रिमालले गत वर्षको कक्षा १२ को परीक्षामा प्रश्नपत्र नपुगेको लगायतका समस्याका कारण तत्कालीन परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बनपछि भएको छानबिनको प्रतिवेदन प्राप्त भएको बताउँदै बोर्ड बैठकबाट थप निर्णय हुने जानकारी दिए । छानबिनका लागि मन्त्रालयका सचिव डा. हरि लम्सालको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो । अर्याललाई हटाइएपछि हाल उपसचिव डम्बरकुमार बतासलाई नियन्त्रकको जिम्मेवारी दिइएको छ ।

स्थानीय तहमा जान शिक्षाका कर्मचारी तत्पर

शिक्षा मन्त्रालय मातहतका विभिन्न विभागीय कर्मचारी युनियनले आफूहरु स्थानीय तहमा खटिएर काम गर्न तयार रहेको तर साबिकको सेवा सर्तमा असर पर्नु नहुने भनी मुख्य सचिव डा. सोमलाल सुवेदीलाई ज्ञापनपत्र दिएका छन् ।

कर्मचारी समायोजन गर्दा निजामती सेवाको ज्येष्ठता र उचित कार्य वातावरणको मर्मलाई मूल अधार बनाउन पनि उनीहरुले माग गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर