newskoseli.Com

शुक्रबार सार्वजनिक हुँदैछ एसर्इईको रिजल्ट

एसएलसीकाे रुपान्तरित माध्यामिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसर्इर्इको) को नतिजा शुक्रबार बिहान सार्वजनिक गर्ने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।

एसर्इईका परीक्षार्थीको नतिजा सार्वजनिक गर्नका लागि डाटा इन्ट्री, रुजुलगायत अधिकांश काम सकिएको र परीक्षा सार्वजनिक गर्न बिहान आठ बजे बोर्ड बैठक बोलाइएको परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिएका छन् ।

बोर्ड बैठक सकिएलगत्तै बिहान १० बजेसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको उनले जानकारी दिए । संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यामिक शिक्षा कायम भएपछि यस वर्षदेखि लागू भएको माध्यमिक शिक्षा परीक्षा (एसर्इई) को यो नै पहिलो नतिजा हुनेछ ।

परीक्षामा देशभरबाट २ लाख ५९ हजार ७ सय ३२ छात्र र २ लाख ७८ हजार ४ सय ५० छात्रा गरी कूल ५ लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी भएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर