newskoseli.Com

यस्तो आयो एसईईको रिजल्ट : साउन १९ देखि पूरक परीक्षा…

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा सार्वजनिक गरेको छ । पनिकामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस वर्ष नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ परीक्षार्थी सहभागी भएकोमा १२ हजार २ सय ८४ जीपीए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर उत्तीर्ण भएको जानकारी दिए ।

जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म ल्याएर ४२ हजार ४ सय २७, जीपीए २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म ल्याएर ५० हजार ६ सय ४६, जीपीए २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म ल्याएर ६१ हजार ९ सय ५५, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म ल्याएर ९१ हजार ३ सय १४, जीपीए १ दशमलव ६५ देखि २ सम्म ल्याएर १ लाख ८ हजार ४ सय ६४, जीपीए १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ६४ हजार ५ सय ७७, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ल्याएर ११ हजार २ सय ८५ जना र शून्य दशमलव ८० सम्म १५ जनाले प्राप्त गरेको जानकारी परीक्षा नियन्त्रक रेग्मीले दिए ।

उमेर नपुगेका २ जना, सैद्धान्तिक विषयको परीक्षामा सहभागी नभएका १ हजार ३ सय २० जना र प्रयोगात्मक परीक्षा नदिएका १ हजार ३८ जनाको नतिजा रोकिएको छ । २ सय १६ जनाको उत्तरपुस्तिका रद्द भएको र ७ हजार ६ सय ४ जनाले परीक्षा छाडेको पनिकाले जनाएको छ ।

एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ परीक्षार्थी रहेकोमा जीपीए ३ दशमलव ६५ देखि ४ सम्म ल्याएर कोही पनि उत्तीर्ण भएनन् । एक्जाम्टेडतर्फ जीपीए ३ दशमलव २५ देखि ३ दशमलव ६० सम्म २ जनाले प्राप्त गरेका छन् भने २ दशमलव ८५ देखि ३ दशमलव २० सम्म २१ जना, २ दशमलव ४५ देखि २ दशमलव ८० सम्म २ सय २२ जना, २ दशमलव ०५ देखि २ दशमलव ४० सम्म १ हजार ९ सय ६४ जना, १ दशमलव ६५ देखि २ दशमलव शून्यसम्म ७ हजार ४ सय ७० जना, १ दशमलव २५ देखि १ दशमलव ६० सम्म ५ हजार ७ सय ५८ जना, शून्य दशमलव ८५ देखि १ दशमलव २० सम्म ६ सय ५ जना र शून्य दशमलव ८० सम्म १ जनाले प्राप्त गरेका छन् ।

एक्जाम्टेडतर्फ सैद्धान्तिक विषयको परीक्षा नदिएका ४ सय ७१ जना, प्रयोगात्मक नदिएका २६ जना, उत्तरपुस्तिका रद्द ३१ जना र परीक्षा नदिएका २ हजार ४ सय २ जना रहेको पनिकाले जनाएको छ ।

परीक्षामा ‘सी’ र त्यसभन्दा कम ग्रेड प्राप्त गर्ने विद्यार्थीले सबै विषयको ग्रेडवृद्धि परीक्षा यही वर्ष दिन पाउने व्यवस्था गरिएको छ । दुई विषयसम्म परीक्षामा सहभागी नभएका परीक्षार्थीले पनि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । मूल विषयमा दुई विषयभन्दा बढी अनुपस्थित रहेको र दुई विषयभन्दा बढी विषयमा ग्रेड नखुलेको परीक्षार्थीले भने आगामी वर्षको परीक्षामा एक्जाम्टेड दिनुपर्ने व्यवस्था गरिएको छ ।

गतवर्ष २ विषयमा ‘डी’ र ‘ई’ ग्रेड ल्याउने विद्यार्थीले मात्रै मौका परीक्षा दिन पाएका थिए । अर्को वर्षको परीक्षामा यो वर्षको जस्तो आंशिक (एक्जाम्टेड) परीक्षार्थी नहुने रेग्मीले बताए ।

गत वर्षसम्म दुई विषयमा ‘डी’ र ‘ई’ ग्रेड पाएका विद्यार्थीले मात्रै ग्रेडवृद्धिको परीक्षा दिन पाइन्थ्यो । यस वर्ष भने सैद्धान्तिक विषयमा ‘डी’, ‘डी प्लस’ तथा ‘ई’ ग्रेड प्राप्त गर्ने विद्यार्थीले ग्रेडवृद्धिको परीक्षा दिन पाउनेछन् ।

आफूले प्राप्त गरेको कुनै पनि विषयको नतिजा चित्त नबुझेमा परीक्षार्थीले पुनर्योग गराउन सक्नेछन् । यसका लागि परीक्षा नियन्त्रण कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय वा सम्बन्धित जिल्ला शिक्षा कार्यालयमार्फत १५ दिनभित्र निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

साउन १९ देखि पूरक (ग्रेडवृद्धि) परीक्षा

एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा साउन १९ देखि २६ सम्म सञ्चालन हुने भएको छ । कार्यक्रम अनुसार १९ गते अनिवार्य अङ्ग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अङ्ग्रेजी, साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुनेछ ।

साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, साउन २५ ऐच्छिक प्रथम पत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीय पत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ ।

यो पनि पढ्नुहोस्–

के हो लेटरग्रेडिङ प्रणाली ? यसले ल्याएकै हो त नजितामा सुधार ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर