newskoseli.Com

आमसञ्चारको विकासमा आगामी बजेटकाे ‘वाहवाही’ हुनेछ : सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आमसञ्चार क्षेत्रको विकास र विस्तारका हिसाबले सरकारको आगामी बजेट ‘वाहीवाही’ हुने बताएका छन्।

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को पहिलो राष्ट्रिय भेलाको आज यहाँ उद्घाटन गर्र्दै उनले  भन्र– “आगामी बजेटमा सञ्चार क्षेत्रका धेरै कुरा समावेश गरेर ल्याइने छ ।” सञ्चार क्षेत्रलाई ठीक ढङ्गले अघि बढाउन नयाँ आमसञ्चार नीतिनिर्माणलाई प्राथमिकतामा राखेर काम भइरहेको बताए मन्त्री राईले भन्रे– अबको मुलुक निर्माणमा साँच्चिकै प्रभावकारी र सशक्त ढङ्गबाट भूमिका प्रस्तुत गर्न आमसञ्चार नीति निर्माण अघि बढाइएको हो ।

न्यूनतम पारिश्रमिक निर्धारण, श्रमजीवी पत्रकार दुर्घटना बिमा जस्ता कार्यक्रम कार्यान्वयनका लागि निर्णय भइसकेको बताउँदै उहाँले नेपालको संविधानले सबैको अधिकारलाई समानुपातिक र समावेशी सिद्धान्तका आधारलाई सुनिश्चित गरेको विषय सञ्चारमाध्यमले आमजनता माझ पुर्याउन आवश्यक छ भने

मुलुकको विविधताभित्रको विभेदलाई अन्त्य नगरेसम्म समृद्धि प्राप्त गर्न सकिन्न भन्ने पक्षलाई राम्ररी बुझन आवश्यक छ भन्ने नेकपा (एमाले)का सांसद पेम्बा भोटकाे भनार्इ थियाे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर