newskoseli.Com

संविधानको कार्यान्वयनका लागि समझदारी आवश्यक – पोखरेल

नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधानको कार्यान्वयनका लागि दलहरुबीच समझदारी आवश्यक हुने बताए ।

प्रेस चौतारी नेपाल, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा (एमाले) सधैँ दलहरुबीचको समझदारीका पक्षमा रहेको बताए ।

नेकपा (एमाले) नेतृत्वको वर्तमान सरकार देशका विभिन्न समस्या उत्कर्षमा रहेका अवस्थामा निर्माण भएको उल्लेख गर्दै उनले विद्यमान समस्यालाई एक एक गरी समाधान गर्दै सरकार अघि बढेको बताए ।

संविधान बन्नु अघिदेखि नेपालको राजनीतिक यात्रामा विभिन्न समयमा विभिन्न पासा थाप्ने गरिएको बताउँदै उनले ती सबै पासालाई चिर्दै नेपालको राजनीति अघि बढिरहेको उल्लेख गरे ।

संविधान कार्यान्वयनलगायतका विषयका लागि राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने कुरामा नेकपा (एमाले) रहेको चर्चा गर्दै उनले जसमाथि राष्ट्रिय सहमति हुन सक्छ त्यसैले सरकारको नेतृत्व गर्नसक्ने बताए ।

सरकारको नेतृत्व कोहीले दिन र कोहीले लिन ठिक्क पर्दैमा नहुने बताउँदै महासचिव पोखरेलले संसद्भित्रको प्रक्रियाबाट जसमा सहमति हुन सक्छ उसैले नेतृत्व लिने स्पष्ट पारे ।

शैक्षिक योग्यताका आधारमा ऋण सहयोग दिने सरकारको नीति तथा कार्यक्रममा समेटिएको र त्यसको कार्यान्वयनलगायतका विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षतामा भएको सो पत्रकार सम्मेलनमा उपाध्यक्ष रामजी लम्सालले स्वागत गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर