newskoseli.Com

एमाओवादीका पूर्वसभासद महतोमाथि कुटपिट, अवस्था गम्भीर

महोत्तरी जिल्लाबाट एनेकपा (माओवादी)का पूर्व सभासद् रहेकी बुधनीदेवी महतोलाई गएराति अज्ञात समूहले मरणाशन्न हुनेगरी कुटपिट गरेको छ ।

जिल्लाको लक्ष्मिनियाँ गााविस–८ घर भएकी पूर्व सभासद् महतो गएराति आफ्नै घरमा बसिरहेको बेला ८–१० जनाको समूहमा आएको अज्ञात व्यक्तिले उनलाई मरणाशन्न हुनेगरी कुटेको माओवादी नेता महादेव यादवले बताए ।

घरेलु हातहतियार र लठ्ठी भाटा लिएर आएका अज्ञात व्यक्तिको कुटाइबाट सभासद् महतो गम्भीर घाइते भएकी छन् । उनको अवस्था चिन्ताजनक छ ।

गएराति करिब १० बजेको समयमा अज्ञात व्यक्तिहरुले आफ्नै सुत्ने कोठामा बसिरहेकी उनलाई शरीरभरि अन्धाधुन्द लठ्ठी र भाटा प्रहार गरी घाइते बनाएको थिए । अहिले उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको माओवादी नेता पिकरू पासवानले बताए ।

उनी हिँडडुल गर्न र बोल्न नसक्ने अवस्थामा पुगेकी छन् । उनको उपचारमा संलग्न चिकित्सकले उनको अवस्था चिन्ताजनक रहेको नेता पासवानले बताए ।

सभासद् महतोलाई कसले के कारण कुटपिट गरेको भन्नेबारे केही खुलेको छैन भने जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई यस घटनाबारे केही जानकारी नभएको जनाइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर