newskoseli.Com

बढी शुल्क लिने विद्यालयविरुद्ध क्रान्तिकारी (विप्लव) को प्रतिरोध आन्दोलन !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले राजधानी उपत्यकाका मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयविरुद्ध प्रतिरोध सङ्घर्ष गर्ने जनाएको छ ।

जेठ १५ मा शिक्षा मन्त्रलय र विभिन्न विद्यार्थी सङ्गठनका प्रतिनिधिबीच तोकिएको मापदण्डभन्दा बढी शुल्क लिने निजी विद्यालयबाट १५ दिनभित्र शुल्क फिर्ता गराउने सहमति भए पनि लागू नभएको भन्दै सो सङ्गठनले ‘कडा आन्दोलन’ को चेतावनी दिएको हो ।

सो सङ्गठनले त्यसरी शुल्क बढी लिने र फिर्तामा अटेरी गर्ने काठमाडौं, भक्तपुर र ललितपुरका ३१ निजी विद्यालयको लेखा शाखामा तालाबन्दी जारी राखेको छ भने थप सङ्घर्ष सञ्चालन गर्ने जनाएको छ । शिक्षामा माफियाकरणको अन्त्य नभएसम्म आन्दोलन जारी रहने सङ्गठनका सचिव रामबहादुर विकले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर