newskoseli.Com

पानीजहाज हाेइन ट्राफिक जाम हल गर

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिने दावी गरेका छन् ।

चालु आर्थिक वर्षको वृद्धि १ प्रतिशत भन्दा तल खुम्चिने अनुमान गरिएकामा प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गरेर देखाउने दाबी गरे ।

मंगलबार काठमाडौमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठक उद्घाटन गर्दै कम्तिमा ६.५ प्रतिशत आर्थिक वृद्धि हासिल गर्नका लागि सरकारले घरघरमा रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउने तयारी गरिरहेको जानकारी दिए । उनले आगामी आर्थिक वर्षलाई आर्थिक समृद्धि र उन्नतिको प्रस्थान वर्ष बनाइने बताए ।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले बजेटमार्फत  वाहीवाही बटुल्ने कार्यक्रम ल्याउने सुईंको पाएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सरकार ढाल्ने प्रयासमा लागेको आरोप लगाए । उनले नीति तथा कार्यक्रममा आलोचना गर्ने ठाउँ फेला नपारेर काँग्रेसले महत्वाकांक्षी कार्यक्रम भनेर विरोध गरेको भन्दै सरकार ढाल्ने कांग्रेसको प्रयासलाई सफल हुन नदिने प्रष्ट पारे ।

प्रम अाेलीले कांग्रेसको विरोधका वाबजुद काठमाडौ-तराई फास्ट ट्रयाक सरकारको लगानीमा बनाउने भन्दै केही वर्षभित्र नेपालले अाफ्नै पानीजहाज महासागरहरूमा चलाएर देखाउने उदघोष गरे । उनले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैं लिने र सञ्चालन गर्ने पनि जानकारी गराए ।

यसरी पानीजहाज किनेपछि तीन दिनमै सामानहरू नेपाल ल्याउन सकिने उनको तर्क छ । उनले भने, ‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज चल्नेछन् ।’ प्रधानमन्त्रिका यस्ता अाएपछि पूर्व प्रधानमन्त्रि  एवं नयाँ शक्तिका नेता बाबुराम भट्टराइले यस्ताे कुरा बाेल्नु भन्दा काठमाडाैंकाे ट्राफिक जाम हटाउन काेशिस गर्न प्रम अाेलीलार्इ अनुराेध गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर