newskoseli.Com

एसर्इई पूरक परीक्षा सुरु

एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेसन एक्जाम) को पूरक परीक्षा बिहीबारदेखि देशभर एकैसाथ सुरु भएको छ ।

बिहीबार अंग्रेजी विषयको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

कूल ३ लाख ८८ हजार परीक्षार्थीले पूरक अर्थात् ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने भए पनि देशभरबाट १ लाख ५० हजार परीक्षार्थीले आवेदन दिएको उनले जानकारी दिए ।

बिहीबार अनिवार्य अंग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा–साहित्य, शुक्रबार अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीका लागि अंग्रेजी, शनिबार अनिवार्य गणित, आइतबार अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुने भएको छ ।

सोमबार अनिवार्य सामाजिक अध्ययन, मंगलबार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, बुधबार ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते बिहीबार ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ ।

परीक्षाको नतिजा जति सक्दो छिटो सार्वजनिक गर्ने योजना रहेको परीक्षा नियन्त्रक रेग्मीले बताएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर