newskoseli.Com

प्याब्सनले गर्‍यो पाठ्यक्रममाथि बहस

निजी क्षेत्रबाट सञ्चालित बोर्डिङ स्कुलहरूमा प्रायः सरकारी पाठ्यक्रम अनुसार पढाइ नभएको गुनासो आइरहेका सन्दर्भमा त्यस्ता गुनासा सम्बोधन गर्ने उद्धेश्यका साथ ललितपुर प्याब्सनले पाठ्यक्रमसम्बन्धी एकदिने कार्यशाला बहस सम्पन्न गरेको छ ।

डीएभी स्कुल जावलाखेलमा शनिबार सम्पन्न कार्यशालामा पाठ्यक्रम विकास केन्द्र, विषय लेखक तथा केही विज्ञहरु समेत सहभागी भए । सो कार्यशालामा ललितपुर जिल्लाभरका करिव सात सय विभिन्न विषय शिक्षक सहभागी रहे ।

कार्यशालामा ललितपुर प्याब्सनका अध्यक्ष शिव कार्कीले कार्यशालाको औचित्य प्रष्ट्याए । परीक्षा नियन्त्रक काप्रीले जीपीए तथा प्राक्टिकल विषयसम्बन्धी धारणा राखे । गणित, विज्ञान, नेप­ाली, सामाजिक र जनसंख्या विषय विभाग बनाई करिव पाँच घन्टा लामो पाठ्यक्रम बहस हुँदा अधिकांश विषय शिक्षकहरुले किताब लेखक तथा प्रकाशनप्रति टिप्पणीमूलक समस्या राखे  ।

जलपानसहित टुंगिएको बहस कार्यक्रमको सञ्चालन निरोज महर्जनले गरे । पाठ्यक्रम विकास केन्द्र र लेखकहरुका कारण विद्यार्थीको भविष्य अन्योल नबनोस् भन्ने टिप्पणी राख्दै कार्यशालाको समापन गरियो।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर