newskoseli.Com

सरकार परिवर्तनमा अाेलीकाे भित्री कुरा

जेन्टलमेन्ट एग्रिमेन्ट हो, म जेन्टलमेन नबने सकिगो नि !’ प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा उनलाई भेट्न आएका पार्टी नेतासमक्ष बोलिहाले । प्रम ओलीलाई ‘यति सजिलै सत्ताबाट हट्नु हुँदैन, एमाले नेतृत्वमा पो यो गठबन्धन बनेको हो त । गठबन्धनका सबैले हामीले भन्नासथ एमाओवादीलाई समर्थन नगर्न पनि सक्छन् । हामीले प्रचण्डलाई छाड्ने र अरुले समर्थन नगर्ने अवस्था बन्यो भने अस्थिरताको अवस्था आउन सक्छ ।’

भानुभक्त ढकालसहित सहभागी भएको केपीनिकट एमाले नेताका समूहले बालुवाटारको एक बैठक कक्षमा ओलीलाई सुझाव दिँदै थिए । केही नेताले सजिलै एमाओवादीलाई सत्ता सुम्पनु हुँदैन भन्ने कोणबाट कुरा राखिसकेपछिको थोरै समयको शान्त वातावरणलाई चिर्दै ओलीले ठट्यौली शैलीमा उक्त भनाइ राखेका हुन् ।जनआस्था साप्ताहिकमा खबर छ ।

यता, सरकार सहजै नछाड्ने बालुवाटारमा भएको कुराकानीको यो प्रसंग जस्ताको तस्तै वामदेवसमक्ष पनि पुग्यो । वर्तमान गठबन्धन जोगाउने सूत्रधार वामदेवले सहजै भने, ‘सम्झौता कार्यान्वयन त जसरी पनि गर्नुपर्छ । नत्र हामी बेइमान भइहाल्छौं नि !’ वामदेवको अप्ठ्यारोतर्फ संकेत गर्दै फेरि प्रश्न उठ्यो, ‘तपाईंले नै अगुवा भएर सहमति गर्नुभयो, सहमति गराउँदा पनि खट्नुभयो पालना गराउन झन् महाभारत पर्लाजस्तो छ ।’

यसपछि वामदेवले भने, ‘रुनै थालेपछि के गर्नु त ?’ उनको संकेत प्रचण्डले कांग्रेसको समर्थनमा मै प्रधानमन्त्री बन्ने हो कि मलाई समर्थन गर्नुस्, नत्र छाड्नुस् भनेर केपीसमक्ष प्रस्ताव राखेपछि प्रमको अवस्थाप्रति थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर