newskoseli.Com

अन्तिम सास रहुन्जेल लडिरहन्छु : बाबुराम भट्टराई (भिडियो)

पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफू कुनै पनि हालतमा ‘सेल्फ आइसोलेसन’ मा नबसी अन्तिम सास रहेसम्म देश र जनताको हितमा लडिरहने बताएका छन् ।

‘म कुनै हालतमा सेल्फ आइसोलेसनमा बस्दिनँ’, नयाँ शक्ति पार्टी नेपालद्वारा आइतबार राजधानीमा आयोजित ‘राजनीतिक स्थायित्व, समृद्धि र सुशासनका निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली’ विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै डा. भट्टराईले भने– ‘मेरो जीवन रहुन्जेल, हातखुट्टा, दिमाग र आँखा चलुन्जेल लडिरहन्छु, बोलिरहन्छु र लेखिरहन्छु ।’

‘वर्तमान संविधान बनाउने र पारित गर्ने मुख्य भूमिकामा हामी नै थियौं तर त्यसबेला प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान राख्न सम्भव भएन’, आफ्नो जीवनकालमै नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली लागू भइछाड्ने विश्वास व्यक्त गर्दै डा. भट्टराईले भने– ‘सबै गुम्न दिनुभन्दा बुद्धिमान मान्छेले आधा मात्रै भए पनि जोगाउनुपर्छ भनेझैं थोरै भए पनि प्रगतिशील र अग्रगामी संविधान बन्ने अवसर चुक्न नदिन अन्य राजनीतिक शक्तिहरुसँग सहमति गर्नुपर्ने बाध्यताका कारण त्यसबेला राष्ट्रपतीय प्रणाली सम्भव भएन ।’ (भिडियोमा हेर्नोस् डा. भट्टराईको पूरा मन्तव्य)

कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदीप गिरि, एमाले नेता योगेश भट्टराई, माओवादी केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, संविधानविद् डा. भीमार्जुन आचार्य, लेखक युग पाठक, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मालगायतले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको पक्षमा आ–आफ्ना भनाइ राखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर