newskoseli.Com

के भने प्रचण्डले चुनावी रन्कोले रन्थनिएका विद्यार्थी नेतालाई ? (भिडियो सहित)

यतिखेर नेकपा (माओवादी केन्द्र) सम्बद्ध विद्यार्थी संगठनका नेता–कार्यकर्तामा ठूलो उद्धेलन पैदा भएको छ । माओवादीका भ्रातृसंगठनहरुको इतिहासमै पहिलो पटक चुनावी प्रतिस्पर्धाद्वारा नेतृत्व चयन भएपछि सबैलाई चुनावी ‘ह्याङओभर’ ले गाँजेको छ ।

हालै सम्पन्न अखिल (क्रान्तिकारी) को २१औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित विद्यार्थी नेताहरुको शपथग्रहण तथा शुभकामना र संगठनबाट बिदा भएर पार्टी कामका अन्य क्षेत्रमा सरुवा हुने नेता–कार्यकर्तालाई सम्मान गर्न राजधानीमा सोमबार आयोजित कार्यक्रममा विजेता पक्षका नेता–कार्यकर्ताको भरिभराउ उपस्थिति रह्यो । थोरै मतअन्तरले पराजित भएका क्रान्तिकारीका नेता अनिल शर्मा र उनी निकटस्थ कार्यकर्ताहरु कार्यक्रममा देखिएनन् ।

IMG_0476

चुनावी हारजितबाट विद्यार्थी संगठनमा देखापरेको स्वाभाविक विद्वेष र उद्वेलनलाई ख्याल गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबैलाई मिलाएर अघि बढ्न राष्ट्रिय सम्मेलनबाट निर्वाचित नेतृत्वलाई निर्देशन दिए ।

IMG_0459

प्रचण्डले भने– ‘यस पटक हामीले संगठनको क्षेत्रमा नयाँ प्रयोग गर्न खोजेका छौं । तपाईं क्रान्तिकारी विद्यार्थीहरुले शानदार रुपमा त्यो प्रयोग गर्नुभएको छ । संगठनलाई गतिशील बनाउन निर्वाचनमा जानुको विकल्प रहेन । तपाईंहरुले गरेको प्रयोगका जोखिम पनि छन् । तपाईंहरुले सबैलाई मिलाएर अघि बढ्नोस् र अखिल (क्रान्तिकारी) लाई जुझारु तथा गतिशील संगठनका रुपमा स्थापित गर्नोस् ।’

IMG_0472

अहङ्कारले नेतृत्व विकास र पार्टीलाई गम्भीर क्षति हुने भन्दै प्रचण्डले सबैलाई मिलेर अघि बढ्न अपिल गरे । उनले भने– ‘हिजो आलोक र रविन्द्र श्रेष्ठहरुले आफूलाई माओवादीको मसिहा ठान्थे तर ती टिकेनन् । हामीले व्यक्तिमा होइन, सामूहिकतामा विश्वास गर्नुपर्छ, अहङ्कार त्यागेर मिलेर अघि बढ्नुपर्छ ।’ (अध्यक्ष प्रचण्डको पूरा मन्तव्य हेर्नोस् भिडियोमा)

IMG_0454

कार्यक्रममा निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले नवनिर्वाचित अध्यक्षलाई र नवनिर्वाचित अध्यक्ष रन्जित तामाङले नयाँ कार्यसमितिका सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई सपथग्रहण गराए । अध्यक्ष प्रचण्डले नवनिर्वाचित पदाधिकारीलाई विजयको प्रमाणपत्र प्रदान गरे ।

IMG_0493

कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले अखिल (क्रान्तिकारी) लाई नेपाली विद्यार्थीहरुको सवैभन्दा शक्तिशाली संगठनका रुपमा स्थापित गराउँदै शैक्षिक रुपान्तरणको मूल प्रवाह बनाइने बताए ।

Ranjit_Tamang

IMG_0481

IMG_0468

IMG_0470

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर