newskoseli.Com

किसुनजी र शैलजाको बिहेको किस्सा सुनाउँदै कांग्रेस नेताले भने– कार्यकारी राष्ट्रपति चाहियो (भिडियो)

नेपाली कांग्रेसभित्र बौद्धिक नेता ठानिने प्रदिप गिरिले व्यंग्यात्मक शैलीमा तर गम्भीर ढंगले नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको माग गरेका छन् ।

कुनै राजनीतिक प्रणाली मात्र आफैंमा समाधान नभएको उल्लेख गर्दै उनले राष्ट्रको विकास र समृद्धिका निम्ति राजनीतिक प्रणाली एउटा महत्वपूर्ण साधन भएकामा जोड दिएका छन् ।

कांग्रेसका दिवंगत नेता गणेशमान सिंहको व्यंग्यात्मक कथनलाई उद्धृत गर्दै गिरिले भने– ‘बहुदल आउँदैमा न त किसुनजीको विवाह हुन्छ न त शैलजाजीको’, रोमाञ्चक पारामा उनले अगाडि भने– ‘पञ्चायती व्यवस्थाले सिर्जना गरेका कयौं समस्या त बहुदलले समाधान गर्‍यो तर नेपाल र नेपालीका सबै समस्या समाधान भएनन् ।’

‘नयाँ संविधानले कयौं महत्वपूर्ण उपलब्धि संस्थागत गरेको छ तर राजनीतिक अस्थिरता र समृद्धिको जग यसले अझै बसाल्न सकेको छैन’, गिरिले अगाडि भने– ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीले यो समस्यालाई निकै हदसम्म समाधान गर्न सक्छ तैपनि यो नै सबै समस्याको अचूक अस्त्र भने होइन ।’

‘बिचरा नरहरिजी त्यसैबेला गम्भीर बिरामी पर्नुभयो र म ‘सेल्फ आइसोलेसन’ म परें’, नयाँ संविधान लेख्ने बेला कांग्रेसभित्र आफू र नरहरि आचार्य मात्रै राष्ट्रपतीय प्रणालीको पक्षमा रहेको उल्लेख गर्दै गिरिले भने– ‘मेरो पार्टी नेपाली कांग्रेसले राष्ट्रपतीय प्रणाली मान्दैन तर सही कुराको पक्षमा तत्काल कतिवटा टाउका छन् भन्ने कुरा मात्रै प्रमुख र निर्णांयक होइन ।’

भिडियोमा हेर्नोस् गिरिको मन्तव्यको मुख्य अंश ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर