newskoseli.Com

काभ्रेका भूकम्पपीडितले निजी आवासका लागि अनुदान पाएनन्

काभ्रेपलाञ्चोकमा भूकम्पपीडितले निजी आवास पुनःनिर्माणका लागि पाउने अनुदान सम्झौता भएको एक महिना पूरा हुँदा पनि अनुदानको रकम पाउन सकेका छैनन् ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज धुलिखेलमा गरेको छलफलमा प्राधिकरणका सचिव मधुसुदन अधिकारीले बैंकसँग कसरी जाने भन्ने विषयमा ‘मोडालिटी’ तय नभएकाले पीडितले अनुदानको रकम पाउन नसकेको बताए।

उहाँले विशेष प्रविधिको उपयोग गरेर लगत सङ्कलन भएको र यसमा केही त्रुटि देखिएको भए सच्याएर वास्तविक रुपमा घर भत्किएका पीडितले निजी आवास पुनःनिर्माणका लागि अनुदान रकम पाउने निश्चित छ, भने ।

जिल्लामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यालयको उपक्षेत्रीय कार्यालय धुलिखेलमार्फत रविओपी, पात्लेखेत, कटुञ्जेबेँसी र चलाल गणेशस्थान गाविसमा लाभग्राहीसँग अनुदान सम्झौता भएको थियो ।

प्राधिकरणले आज नै जिल्लाका राजनीतिक दल गाविस सचिवसँग पनि छुट्टाछुट्टै छलफल गरेर पुनःनिर्माणका लागि अनुदान रकम छिट्टै वितरण गर्ने तयारी गरेको जनाएको छ ।

पीडितलाई घर पुनःनिर्माणका लागि विभिन्न किस्तामा प्रोत्साहन रकमस्वरुप रु दुई लाख उपलब्ध गराउने प्रावधान छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर