newskoseli.Com

कोपिला स्कुलले गर्‍यो डान्स् एन्ड सिङ्गिङ कम्पिटिसन

सानागाउँस्थित कोपिला इङलिस् बोर्डिङ स्कुलले डान्स एन्ड सिङ्गिङ कम्पिटिसन सम्पन्न गरेको छ । स्कुल प्रांगणमा बुधबार भएको उक्त कार्यक्रमको उदघाटन प्रधानाध्यापक रत्न महर्जनले गरेका थिए ।

कम्पिटिसनमा प्रथम हुनेलाई १ हजार ५ सय रूपैयाँ, द्वितीय हुनेलाई १ हजार रूपैयाँ, तृतीय हुनेलाई ७ सय रूपैयाँ र कन्सोलेसनमा परेका दुई समूहलाई ५–५ सय रूपैयाँका दरको पुरस्कार राशि प्रधानाध्यापक रत्न महर्जनको हातबाट वितरण गरियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै पढाईका अलावा प्रतिभा देखाएर विद्यार्थीले आफ्नो भविष्य सुरक्षित गरुन् भन्ने उद्देश्यले क्रार्यक्रम गरिएको जानकारी डीआर्इ एमबी तामाङले भने ।

photo-3 ok

नृत्यतर्फ निर्णायक मण्डलमा सुनिता म्याम र गायनतर्फका निर्णायकद्वय विष्णु सर तथा मौसमसर थिए । नृत्य प्रतियोगितामा नेवारी नृत्यले प्रथम स्थान पायो । कक्षा दसमा अध्ययनरत कलश रोकायाले गायनतर्फ प्रथम स्थान हासिल गरे । कक्षा नौमा अध्ययनरत छात्राद्वय अनिषा लिम्बू र रोजकुमारीले गाएको गीतले द्वितीय स्थान प्राप्त गर्‍यो ।

श्रीराजको टिम तृतीय भयो भने कन्सोलेसनमा आयुष गोले र इशान सुनुवार परे । क्रार्यक्रमको सञ्चालन वर्षा सुनुवालेर गरिन् । बिहान साढे एघार बजे सुरु भएको कार्यक्रम साँझ पाँच बजेसम्म चलेको थियो ।

विद्यालयमा अध्ययनरत प्रायः सबै विद्यार्थीका अभिभावक आ–आफ्ना बच्चाको प्रतिभा हेर्न आएका थिए । कार्यक्रममा विद्यार्थीद्वारा बनाइएको खाजा स्टल फुटसल समेत प्रदर्शन गरिएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर