newskoseli.Com

महासचिव थापा नवसंशाेधनवादी-पुच्छरवादी : वैद्य

नेकपा (क्रान्तिकारी माअाेवादी) का अध्यक्ष माेहन वैद्यले एमाअाेवादीसँग एकता प्रक्रियाकाे नेतृत्व गरिरहेका महासचिव रामबहादुर थापालगायतका नेताहरूलार्इ दक्षिणपन्थी नवसंशाेधनवादी पुच्छरवादमा पतन भएकाे अाराेप लगाएका छन् ।

बुधबार पार्टी मुख्यालयमा सुरू अाफू पक्षधरहरू नेताहरूकाे बुधबार सुरू केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष वैद्यले त्यस्ताे निष्कर्ष निकालेका हुन् । उनले हालसम्म खुला रहेकाे एकीकृत माअाेवादीसँग एकताकाे छलफल, वार्ता प्रक्रिया र ढाेका पूर्ण रूपले बन्द भएकाे समेत निष्कर्ष निकालेका छन् ।

अाफूहरूकाे मतलार्इ पूरै उपेक्षा गरेर एकताका नाममा महासचिव रामबहादुर थापा पक्षलार्इ अराजनीतिक तवरमा पार्टीबाट टुक्र्याएर लगेकाेमा अापत्ति जनाउँदै वैद्यले यस्ताे निष्कर्ष निकालेका हुन् ।

वैद्यले प्रतिवेदनमा कार्यदिशालार्इ समृद्ध पार्न र संगठन सृदृढीकरण गर्न भन्दै असार १० मा राजधानीमा राष्ट्रिय भेला अायाेजना गर्ने प्रस्ताव गरेका छन् ।

बिहीबारदेखि केन्द्रीय सदस्यहरूले वैद्यकाे प्रतिवदेनमाथि अा–अाफ्नाे धारणा राख्ने र केन्द्रीय सदस्यहरूकाे धारणापछि अध्यक्षकाे प्रष्टीकरण र संश्लेषणसहित बैठक समापन हुने क्रान्तिकारी माअाेवादीका एक नेताले न्युजकाेसेलीलार्इ बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर