newskoseli.Com

यसरी ‘लालसलाम’ ठोके कांग्रेसका उम्मेदवार पूर्णबहादुरले (भिडियोसहित)

(भिडियोमा हेर्नोस् पूर्णबहादुर तामाङका प्रतिबद्धता)

नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार रहेका पूर्णबहादुर (कान्छाराम) तामाङले हालै एउटा कार्यक्रममा पटक–पठक ‘लालसलाम’ भनेर ‘शिष्टाचार’ प्रकट गरे ।

रामेछापमा प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका वाम गठबन्धनका श्यामकुमार श्रेष्ठ ‘कुशल’ र कांग्रेसका पूर्णबहादुर तथा प्रदेशसभा (क) मा वाम गठबन्धनका शान्तिप्रसाद पौडेल र कांग्रेसका रत्न कार्की एवं प्रदेशसभा (ख) मा वाम गठबन्धनका कैलाशप्रसाद ढुंगेल र कांग्रेसका जितबहादुर मगरले सम्बोधन गरेको कार्यक्रममा कांग्रेस उम्मेदवार तामाङले ‘लालसलाम’ टक्र्याएका हुन् ।

उम्मेदवारहरुका प्रतिबद्धता सार्वजनिक गर्न शुक्रबार राजधानीमा आयोजित सो कार्यक्रममा कांग्रेस उम्मेदवार तामाङले राज्य–संयन्त्रको परिचालन, व्यवस्थापन, सुदृढीकरणका खासै कुरा गरेनन् । संविधान, कानुन र नियमहरुको कार्यान्वयन तथा परिमार्जनको कुरा पनि उनले गरेनन् । उनी स्वयंले निजी स्रोत–सम्पत्तिबाट जिल्लामा के–के काम गरे र अब के–के गर्दैछन् भन्ने कुरामा मन्तव्यको सबैजसो समय खर्चिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर