newskoseli.Com

के भन्छन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? हेर्नोस् भिडियोमा

स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै एकैसाथ प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव पनि सम्पन्न भएको वर्ष बितिसक्यो ।

तर, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भने चुनावलार्इ पूर्णतः खारेज गरेर नेपालमा ‘वैज्ञानिक समाजवाद’ स्थापनाको बाटोमा अगाडि बढ्ने जिरह गरिरहेको थियो । सो पार्टी अहिले पनि त्यही मान्यताअनुसार नै क्रियाशील छ ।

यसै मेसोमा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव राजधानीमा गर्जिए । अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीका सन्दर्भमा आयोजित सभालार्इ १ घन्टाभन्दा लामो सम्बोधन गर्दै उनले नेपालका सबै राजनीतिक दलहरू र तिनका नेताहरूको कटाक्ष गरे ।

मोहन वैद्य ‘किरण’ देखि मोहनविक्रम सिंहसम्मका सबैले चुनावमा भाग लिइरहेका बेला नेपाल कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ हरूले भने नेपालमा अलग धारको राजनीति अगाडि बढाइरहे । संसदवादी राजनीतिको सट्टा उनीहरूले बेग्लै राजनीतिक विकल्प प्रस्तुत गरिरहेका छन् । ठ्याक्कै यतिबेला त्यो विकल्प स्थापित हुन सक्ला–नसक्ला बेग्लै कुरा हो ।

तर, दसवर्षे जनयुद्ध विसर्जन गर्ने शान्ति प्रक्रिया, दोस्रो संविधानसभा निर्वाचन र त्यसले बनाएको वर्तमान संविधान एवं यस अन्तर्गतका चुनाव र राजनीतिक प्रणालीलार्इ आधारभूत रूपमै अस्वीकार गरेर क्रान्तिमार्फत नयाँ राज्य व्यवस्था स्थापित गर्ने उद्धेश्यका साथ नेपाल कम्युनिस्ट पार्टीले नितान्त फरक राजनीति अगाडि बढाइरहेको छ । र, माओवादी आन्दोलनका ठूलै संख्याका नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुक तथा जनसमुदायको ठूलै कित्ता यस वरपर गोलबन्द छ ।

सम्बोधनका क्रममा पटक–पटक सेना र प्रहरीलगायतका सुरक्षा निकायलार्इ फकाउँदै विप्लवले भ्रष्टाचार प्रमाणित भएर जेल सजाय भुक्तान गरिरहेका पूर्वप्रहरी प्रमुखहरूको बचाउ समेत गरे ।

(भिडियोमा हेर्नोस् विप्लवको भाषण)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर