newskoseli.Com

के–के छन् प्रदेशसभा उम्मेदवार शान्ति पौडेलका प्रतिबद्धता (भिडियो)

(भिडियोमा हेर्नोस् शान्ति पौडेलका चुनावी प्रतिबद्धता)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल रामेछाप (क) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेर चुनावी मैदानमा होमिएका छन् ।

हालै राजधानीमा आयोजित एक कार्यक्रममा उनले आफ्ना, जिल्ला पार्टीका, समग्र एमालेका र वाम गठबन्धनका चुनावी एजेन्डा र प्रतिबद्धताहरु जाहेर गरे ।

आम जनता, मतदाता, पार्टी कार्यकर्ता र वाम गठबन्धनमा आबद्ध सबैका सामु पौडेलले जाहेर गरेको प्रतिबद्धताको भिडियो रेकर्ड हामीले यहाँ प्रस्तुत गरेका छौं ।

को हुन् शान्तिप्रसाद पौडेल ?

गोकुलगंगा गाउँपालिका– ५ (तत्कालीन नामाडी गाविस) मा २७ जेठ, २०२३ मा जन्मेका पौडेल गोविन्दप्रसाद–नन्दकुमारीका ७ छोरा र ३ छोरीमध्येका जेठा छोरा हुन् । ग्रामीण विकास (आरडी) मा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका पौडेलका १ छोरा र १ छोरी छन् ।

२०५५ देखि पार्टीको जिल्ला कमिटी सदस्य रहेर काम गर्दै आएका उनले २०६४ देखि ०६६ सम्म जिल्ला कमिटीको उपसचिवका रुपमा भूमिका निर्वाह गरे । ०६६ देखि ०६९ सम्म जिल्ला सचिवका रुपमा क्रियाशील रहेका पौडेलले ०६९ यता जिल्ला अध्यक्ष बनेर पार्टी हाँकिरहेका छन् ।

०३८ मा कमला मावि (सिन्धुली) बाट अनेरास्ववियु (पाँचौं) को सदस्य बन्दै राजनीतिक मैदानमा उत्रेका पौडेले ०४३ मा गोपाल शाक्यबाट पार्टी सदस्यता प्राप्त गरे । ०४४ मा पार्टीको ३ नं. इलाका काठमाडौंमा ‘सक्रिय दल’ मा आबद्ध भएका उनी ०४६ देखि ‘रामेछाप संगठन केन्द्र’ हुँदै ३ कार्यकालसम्म सम्पर्क मञ्चमा आबद्ध रहे ।

०४७ मा पार्टीको संगठित सदस्यता प्राप्त गरेका शान्तिप्रसाद पौडेलले ०५२ देखि ०५५ सम्म पार्टीको इलाका सचिव बनेर रामेछापमै राजनीतिक भूमिका निभाए । ०५४ मा नामाडी गाविस अध्यक्ष बनेका उनी ०५४ देखि ०५९ सम्म जिल्ला विकास समिति रामेछापको सदस्य भए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर